पाटनको लगनखेल बसपार्कको बिचमा एउटा ठूलो मन्दिर छ रातो मच्छिन्द्रनाथको । तर हाम्रा मच्छिन्द्रनाथ भने वर्षमा एकचोटी मात्र भिजिट गर्न आइपुग्छन जात्राको बेलामा । त्यस मन्दिर परिसरमा एउटा पुलिस चौकी र सँगै टाँसिएको चौकोशे मन्दिर पनि छ जसको ढोका प्राय बन्द नै रहन्थ्यो । त्यो क्षेत्रमा मेरो बाल्यकालको ठूलो अंश बितेको छ । तिनै दिनहरुबाट यो एउटा रमाइलो घटना यहाँ लेख्दै छु ।
अहिले बसपार्क भएपनि त्यस बेला मन्दिर वरिपरि कपडा र जुत्ता पसलहरुका छाप्राहरुले चर्को व्यपार गर्दथे । हाम्रो परिवारको आय श्रोत पनि त्यहिँको एउटा कपडा पसल थियो । त्यहाँ नेताहरु आएर भासन गर्दथे हामी भुराहरु आफ्नै तालमा हराएर खेलिरहेका हुन्थ्यौँ । सबै पाटन भन्ने बित्तिकै कृष्ण मन्दिर र दरबार स्क्वायर सम्झन्छन्, म भने मेरो निस्फिक्र बाल्यकाल सम्झन्छु । मम्मीले जो पायो त्यहि सँग फोहोरमा खेल्यो भनेर कुचो लिएर पुरै बसपार्क लखेटेको याद झलझल आउँछ । मामाघरको हजुरबुबाले किन्दिनुभएको पहेँलो हाफ कट्टु र टि–सर्ट लगाएर लिखुरे खुट्टाले खुरुरुरुरु दौडँदा खुब मजा आउँथ्यो ।
यो घटना हुँदा मलाई भर्खर मामाघरबाट मम्मीले ल्याउनुभएको थियो जस्तो ला
ग्छ मलाई । म नयाँ साथी बनाउँदै थिएँ । शनिबारको दिन बसपार्क भरी त्यहाँका ब्यापारीका बच्चाबच्चीहरु टन्नै हुन्थ्यौँ । के के खेल्थ्यौँ के के । दौडिन्थ्यौँ, उफ्रिन्थ्यौँ, के के गथ्यौँ के के । एन.टि.भि.मा २ बजेको समाचार पछि फिल्म दिन्थ्यो, त्यो चाहिँ कहिल्यै छुट्दैनथ्यो । ‘लाहुरे’ बारम्बार दिन्थ्यो । मलाई असाध्यै मनपर्ने, दोहो¥याए पनि हेर्थेँ ।
एकदिन खेल्दै जाँदा सबै बच्चाहरु कहाँ पुगेछन् कहाँ, म त एउटी मधेसी मुलकी केटीसँग पो खेल्दै रहेछु । ठूलाठूला आँखा र कालो कालो अनुहार भएकी त्यस केटीले आफ्नो भाइ बोकेकी थिइ । म भन्दा केही वर्ष जेठी त्यो केटी एक्लै पाटनको गल्लीहरुमा हिड्न सक्थि । हामी तीनजाना मजाले खेलेर बस्यौँ । सानो हुँदा त के नै कारण चाहिँदो रहेछर, सँगै खेल्न थालेपछि यसै साथी भइन्थ्यो । अहिले जस्तो रोजी रोजी साथी बनाइँदैनथ्यो । जो सँग कुरा मिल्यो र खेल्यो, त्यही मिल्ने साथी । त्यो केटीको भाइले भने छङछङ बज्ने खेलौना हातमा लिएर हल्लाउँथ्यो । मलाई अरु भन्दा पनि त्यहि खेलौनाले मोहित बनायो । मलाई त्यो खेलौनामा धेरै नै चाख लागेको देखेर त्यो केटीले भनी ः “यस्तो खेलौना त हाम्रो घरमा दुइटा दराजभरी छ ।” म हेरेको हे¥यै भएँ । मैले सानोमा जतिनै मिठो खान र राम्रो लगाउन पाए पनि खेलौना भने कहिल्यै पाएको थिइनँ । म त टि डब्लु ए ट्वाँ भने जस्तै भएँ । मैले भनेँ–“साँच्ची ?” उसले कसम खाइ ।
“जाने हो मेरो घर, खेलौना हेर्न ?”
“ टाढा होला ।”
“ छैन । नजिकै छ । ”
“ त्यसो भए जाम । तर दुई बजे भन्दा अगाडी आउनुपर्छ । फिल्म हेर्न पर्छ ।”
“ हुन्छ ।”
हामी उसको ‘नजिकै’को घरतिर लाग्यौँ । न त मम्मीलाई सोधेँ न त बुबालाई । यसै फुर्किएर हिडेँ । तर त्यो फुक्र्याइ त धेरैबेर कहाँ टिक्यो र । एकछिनमा अन्जान बाटो तिर लागेपछि खेलौना हेर्ने उत्साह सब मरेर गयो । उत्साह डरमा परिवर्तन भयो । हराइन्छ की भनेर म आत्तिएँ । उसले केहि हुँदैन आइपुग्न लाग्यो भनि । म भने आएको बाटो तिर हेर्दै पिन्चे अनुहार लगाउन थालेँ । बाटो आफुलाई थाहा थिएन । पछि लाग्नै प¥यो । तर मेरो फुटेको भाग्यले अझै दुःख दिने बिचार गरेको रहेछ । घनघोर पानी प¥यो । अघि सम्म घाम लागेको दिन अहिले अन्धकार भयो । मेरो अनुहार पनि सँग सँगै कालो निलो भयो, जाडो भयो र डरले चिसो मुटु सम्मै पु¥यायो । म घर फर्कन्छु भनेर रुन थालेँ । उसले भनि–
“ तिम्रो घर भन्दा मेरो घर नजिक पर्छ । लगनखेल फर्कियो भने धेरै भिजिन्छ त्यसैले मेरो घरमा पानी रोकिउन्जेल कुरौँ । अनि फकौँला ।”
“नाईँ, यहिँ कुर्ने । ” म त्यहिँ देवलमा थ्याच्च बसेँ । एकछिन पछि जाडो भयो अनि लुरुलुरु उसको पछि लागेँ ।
केटीको घर पुग्दा, पानी परीरहेकै थियो । हामी तीनै जना निथ्रुक्क भिजेका थियौँ । घर भित्र छिरे पछि तिमी यहिँ बस्दै गर, म माथि पुगेर आउँछु भन्दै भाई लिएर माथि गई । म खङग्रङग भएँ । लौ फसाद प¥यो !
सानो छँदा सबैलाई ठूलाबडाले भनेको हुनुपर्छ – “जो पायो त्यहिले दिएको नखाऊ, जो पायो त्यहि सँग नहिँड । आजकाल भैयाहरुले बच्चा उठाएर लान्छन् ।” हाम्रा मधेसी मूलका दाजुभाइहरुलाई अपहरणकारी भनि चिनाइन्थ्यो । अहिले पनि गरिन्छ तर हामी बालकलाई त्यति मात्र भनेत हुन्थयो नि । लगेर तेलमा भुटेर खान्छन् भनेर पो आपत !
लौ न मलाई त पकाउने भए भन्ने डरले म त थचक्कै बसेँ । पक्कै त्यल्ले आफ्नो नरभक्षी बाउलाई लिएर आउँछे र त्यसको परिवारले मिलेर समोसा जसरी तारेर खान्छन् भनेर म कायल भएँ । यिनीहरुको पकौडा बन्नुभन्दा बरु ठन्डीले मर्नु ठिक भनेर म त्यहाँबाट कुलेलाम ठोकेँ ।
डरले कहालिएको म कता कुदेँ कता । ‘ठूलो विपत’बाट ज्यान जोगाएर त भागियो तर जाने कहाँ ? बाटोको केहि मेसो पाउन सकिनँ । केहि नलागेपछि गर्न नै के सक्थेँ र ? रोएँ । बाटोको बिचमा रुदैँ, रुझ्दै हिडेँ ।
पानी कतिबेला रोकिएछ थाहा पाईनँ । म मम्मीलाई सम्झदैँ भक्कानिँदै हाफ टि–सर्ट र कट्टुमा भौतारिएँ । रुन रोकिएपछि सुक्कँ सुक्कँ गर्दै हिडिरहेँ ।
हाम्रो घरमा एकजना अंकल बस्नुहुन्थ्यो । हिरो अंकल । त्यो जमानामा कुन चाहिँ हो फिल्ममा हिरो बनेर खेलेका थिए रे । त्यसैले उनको नामै हिरो ! उनै हिरो अंकल त कामबाट साइकलमा त्यतैबाट घर फकिँदै रहेछन् । मलाई देखेर टपक्क टिपेर साइकलमा अगाडी राखेर घर सम्म ल्याईदिए । उनी फिल्मको हिरोबाट रियल लाईफ हिरो बने त्यस दिन ।
यता घरमा भने हाहाकार मच्चिएछ । काका–काकी (मेरो बुबा मम्मीको उपनाम)को जेठो छोरा हराएछ । सबै जना धुनधन्ती मेरो खोजीमा हिँडेछन् । म घर पुगिने भैयो भनेर रमाउँदै साइकलमा आइपुग्दा त मम्मी टाउको समाएर रुँदै हुनुहुँदो रहेछ । मैले साइकलबाट ओर्लिँदै मसिनो रुन्चे स्वरमा ‘मम्मी’ भनेर बोलाउँदा मम्मी दौडिँदै आएर अंगालो मार्नुभयो अनि दुई थप्पड दूइटा गालामा जोरसँग लगाउनुभयो । अनि त दुवैजना ह्वाँ ह्वाँ रुन पो थाल्यौँ । अहिले सम्झँदा, पाटनमा बितेको बाल्यकालको सबैभन्दा मिठो क्षण त्यहि दुई थप्पड हुन् मेरा । आखिर पकौडा हुनबाट बल्ल बल्ल जोगिएर आमाको अंगालोमा पुगेको थिएँ ।
पछि पो थाहा भयो–त्यो मधेसी केटी त हाम्रै पसलनेरको जुत्ता पसलेको छोरी पो रहिछ । म रुझेकाले माथि पुछुन तौलीया लिन गएकी रहिछ ! म यसै टाप कसेको रहेछु त्यसका बाजे । झण्डै साँच्चै लापता भएको ।
त्यस घटनाबाट मैले चारवटा कुरा सिकेँ । पहिलो– झट्टै कसैलाई यसै विश्वास गरेर पछि लाग्न हुँदैन ।
त्यतिबेला संजोग बस चिनेकै मान्छे सँग म गएतापनि सधैँ चिनेकै मान्छे पर्छ भन्ने छैन । पकौडा बनाएर नखाएपनि अपहरण गरी लगेर सोच्नै नसकिने गरि यातना दिएर, हात खुट्टा काटेर सडकमा भीख माग्न लडाइदिने गिरोह पनि धेरै छन् । दोस्रो पाठ– हिरो भनेको मुन्द्रा लगाएका भिषण भुस्तिघ्रेहरुलाई एक्लै पछारेर हैन, हराएको छोरोलाई उसकि आमासँग मिलन गराउने जस्ता काम गरेर भइन्छ । म हिरो अंकलको ऋणी भएको छु । उनी प्रति मेरो र मेरो परिवारको माया र आर्शिवाद सदा रहनेछ । तेस्रो– हाम्रा तराई वासी दाजुभाई तथा दिदीबहिनीलाई रङ्ग र लवाई खवाईको आधारमा भेदभाव गर्नुहुँदैन । भैया र धोती जस्ता शब्दले नबोलाउँ । चौथो र सबभन्दा महत्वपूर्ण पाठ– आफुलाई केहि हुँदा आफुलाई भन्दा बढी पिडा आमालाई हुँदो रहेछ । हामीलाई गर्लफ्रेण्ड, ब्वाईफ्रेण्ड, श्रीमान, श्रीमतीले जति नै माया गर्छु भनेपनि आमाको जति माया त मरे पनि गर्न सक्दैनन् । त्यसैले आमालाई माया गर्नु पर्छ । बुढो भएपछि पुरानो दराजलाई लगेर फ्याले झैँ बृद्घाश्रममा नफ्यालौँ ।
जताततै डुल्न हुन्न भन्ने मनमा परेपनि कोल्ले सिरिएसली लियो र ? बाँदर जस्तो चकचके थिएँ । जे भएपनि डुल्न र चकचक गर्न त कहाँ छोड्नु । भन्छन् नि–“नानी देखि लागेको बानी, यसै कहाँ छुट्छ र !”
6 comments:
I loved reading it!!
Got me reminiscing the good old days when you could just walk around the city in a "tishat ra haap-kattu" :D
Good going there :)
Haha.. Hasuthyo yar malai... Ramro 6...... la writer bandai 6s khusi lagyo :)
Hahahaha.. Thanks Ayesha.... T-shirt ra Half kattu ta favorite nai thyo ni..... Testo samaya praya jasto Middle class family ka baccha haruko ma ayeko hunuparcha... Anyway thanks for the support....
Thanks yar...... Prayatna gardai chu.. Heraun ke huncha.... :D
गहिरो छ रमाइलो छ। निकै मजा लाग्यो। बाल्यकालका दिनहरु साचिकै अबिस्मरनिय हुन्छन्।
Sachai nai abismaraniya hunchan hai??
Post a Comment